नेपाल-भारत सीमा बैठक पिथाैरागढमा सम्पन्न

Image
Nisarga Hospital

बैतडीः नेपाल-भारत सीमा समन्वय बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

यस्तै भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता,मानव तथा वन्यजन्तु तस्करीमा राेक, लागुऔषध ओसारपसारमा राेक लगायतकाबिषयमा बैठकमा छलफल भएको छ ।

भारतमा अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बैतडीसंग सीमा जाेडिएकाे झुलाघाट पुल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति समेत भएकाे प्रजिअ शर्माले बताउनुभयो । यसअघि याे पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेकाे थियाे।

बैठकमा भारतीय पेन्सनधारी नेपालीहरूलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध बिषयमा छलफल समेत बैठकमा छलफल भएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Dhnagadhi & Krishanapur