कैलालीको अत्तरियाबाट एक युवती खैरो हेरोइन सहित पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरमा एक जना युवती लागुऔषधसहित पक्राउ परेकी छन्।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने ४० मिलिग्रामसहित दाङको घोराही उपमहानगरपालिका–११ दुम्मरकी २४ वर्षीया शिखा डागीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।