
रातो अबिर टीका हैन कालो मुसो लाउन मन छ
काम छैन तिम्रो भन्दै डाँडा पारी धपाउन मन छ

नुन देखि लिएर सुन सम्ममा भ्रष्टाचार गर्ने भ्रष्टलाइ
फलाम कै चप्पलले टाउकोमा हिर्काउन मन छ
कति बस्ने त चुप लागेर खुरापाती काम हेरर
ताली हैन भ्रष्टाचारिको नाकमा बजाउन मन छ
ड्याम्म छाती दुख्ने शब्दहरुमा कलम चलाएर
चोर कै अन्त्यको निम्ति गजल गित गाउन मन छ
छि कस्ता पापी दिन दिनै बलात्कार हुन्छन नारी
भ्रष्टाचार र बलात्कारमुक्त देश बनाउन मन छ
पारस भट्ट “प्यासी”
सुदुर पश्चिम बैतडी




























