
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ५ को बरबट्टाको नवदुर्गा आधारभुत विद्यालयमा बालविकास स्थपाना स्थपानाको २० औं र विद्यालय स्थपना १५ औं वार्षिकत्सव तथा अभिवावक दिवस सम्पन्न भएको छ ।

बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष गोविन्द चौधरी कोअध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, विशिष्ट अतिथिमा शीक्षा बिद डा. डम्मर बहादुर पाल, शिक्षा समिति सदस्य भिम बहादुर बलायर, बडा न. ५ का वडा अध्यक्ष सुद्धीराम चौधरी सहित अभिभावक, समाजसेवी बुद्दिजिबिहरुको उपस्थिति रहेको थियो ।
१५ औं वार्षिकत्सव तथा अभिवावक दिवसको अबसरमा यस बिद्यालयलाई बिभिन्न माध्यमबाट सहयोग पुर्याउने प्रतिनिधि तथा अभिभावकलाई सम्मान गरेको थियो । भने बिद्यार्थीहरुमा उत्कृष्ठ नतिजा ल्याई अगाढी बढेका लाई पुरुस्कार समेत बितरण भएको थियो ।
१५ औं वार्षिकत्सव तथा अभिवावक दिवसको अबसरमा बोल्दै नगर प्रमुख भट्टले भने, “गोदावरी नगरमा सबै क्षेत्रमा सम्भावना धेरै छन् तर कठिन पनि उत्तिकै रहेको बताए । नगरमा रहेका सम्पुर्ण बिद्यालयहरुमा शैक्षिक गुणस्तर न्युन रहेको र आफ्नो जिम्मेबारीका साथ अगाढी बढ्न सके मात्रै यस क्षेत्रको बिकास हुने बताए ।”
‘यस पालिकामा यसै बर्ष देखि पालिका भित्र शिक्षामा गुणस्तिय तथा उत्कृष्ठ नतिजा, पठनपाठन, शैक्षिक गतिबिधि गरेका बिद्यालय परीवार र बिद्यार्थी भाई बिहीलाई पुरुष्कारको ब्यावस्था समेत गरेका छौ ‘ उनले भने ‘यसबाट पालिका भित्रका शैक्षिक क्षेत्रलाई हौसला बढाउने काम पालिकाले गरेको छ ।’ मेयर भट्टले शिक्षा क्षेत्रको समग्र विकासकालागि पालिकाबाट गर्ने सहयोग, हौसला र सुझाब दिई रहने बताएका छन ।
यस पालिकामा सिमिति स्रोत साधनको पाबन्दीका कारण सामुदायिक बिद्यालयको गुणस्तर बृद्धीका लागि बिद्यालय मर्जर गर्ने देखि शिक्षकहरुलाई तालिमको क्रियाकलाप अगाढी बढि रहेको बताएका छन ।
समाजलाई सहि बाटोमा डोर्याउनकालागि शिक्षकको भूमीका तारिफयोग्य रहेको भन्दै उनले शिक्षकको भुमीकाको नगरपालिकाले उच्च मूल्यांकन गरिरहेको बताए । देशका भविष्य बालबालिकालाई चरित्रबान बनाउनमा शिक्षकको हात रहेको उनको भनाई थियो ।
सोहि योगदानको मुल्यांकन गर्दै नगरपालिकाले यस वर्षदेखी हरेक वर्ष अवकास प्राप्त शिक्षकलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको भट्टले बताए । साथै नराम्रो स्थितिमा रहेका शिक्षक तथा बिद्यालयको सुधारका लागि छलफलमा रहेको समेत बताएका छन । नगरपालिकाभित्र थुप्रै विकास निर्माणका काम गर्नुपर्ने भएपनि आर्थीक अभावले गर्न नसकिएको उनले बताए । नगरपालिका भित्र समस्याहरु धेरै भएको तर आन्तरीक श्रोत कम भएको भन्दै बिस्तारै सबै कामहरु गर्ने बताए ।





























