तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकि महिलाकाे मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडीः तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकि एक महिला मृत फेला परेकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ४ भटना ओखडानीकी अन्दाजी २० वर्षिया रेखा भट्ट मृत फेला परेकी हुन् ।

CP Hospital Dhangadhi

यहि चैत्र २६ गते दिउँसोको खाना खाएर घरबाट निस्केकी सम्पर्क विहिन भएकी ती महिला बुधवार वडाकै रानीवनमा मृत फेला परेकी वडा नं ४ का वडा अध्यक्ष दिल बहादुर धानुकले जानकारी दिनुभयाे । वडा नं ९ न्वादेउ धारीसैन माइती घर भएकी रेखाको गत वर्ष मात्रै बिहे भएको थियो ।

उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ । मृत फेला परेकी रेखाको मृत्युको कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur