गोदावरी – ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारीले स्थापना दिवस मनायो

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरले आफ्नो स्थापना दिवस मनाएको छ ।

CP Hospital Dhangadhi

बिहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी संस्थाले २७औ स्थापना दिवस र शुभकामना आदान प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले राजनितिक अस्थिरताका कारण देशमा विकास निर्माणका कार्यहरु पछाडी परेको बताए । उनले राजनितिक अस्थिरताले नै सबै क्षेत्रलाई असर गरेको बताए । उनले सबैले हातेमालो गरेमात्रै विकास निर्माणका कार्यहरु गर्न सकिने बताए । ‘जनप्रतिनिधिले मात्रै सबै कुरा गर्नुपर्छ भन्ने धारणा यहाँका नागरिकमा छ, चियापसलहरुमा समाजकै अग्रज व्यक्तित्वहरु बसेर जनप्रतिनिधिहरुलाई गालीगलौज गरिरहेका हुन्छन’ उनले भने ‘त्यसरी गालिगलौज गर्नुभन्दा सुझावहरु दिनुस न, तपाईहरुको सुझाव अनुसार काम गरेर सकारात्मक सुझावहरुलाई ध्यान दिएन भने त्यसपछि गाली गर्नुहोला ।’


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साना किसान सहकारी २७ वर्ष पुरा गरी २८औ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रममा केक पनि काटिएको थियो । २०५४ सालमा स्थापना भएको सहकारीले लामो समयसम्म आफुलाई जिवित राख्न सफल भएको छ । उक्त सहकारीमा फागुन मसान्तसम्म ५ हजार ६९१ शेयरसदस्यहरु पुगिसकेका छन । सहकारीप्रति सदस्यहरुको विस्वासकै कारण हालसम्म सहकारी अब्बल सावित हुदै गएको बताईएको छ ।

 

जेहेन्दार विद्यार्थीलाई ड्रेस र झोला वितरण
यसैबिच सहकारीको स्थापना दिवसका अवसरमा गरिब र जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस र झोला वितरण गरिएको छ । सहकारीका अध्यक्ष केशवराज विनाडीले आफ्नो व्यक्तिगत तर्फबाट स्याउले क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार १० जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेका हुन ।
सहयोग दिईएका विद्यार्थीमध्ये ५ जना समैजी माध्यमिक विद्यालय मजगाउँका रहेका छन भने ५ जना दुर्गा भवानी माध्यमिक विद्यालयका रहेका थिए । उनिहरुलाई नगरप्रमुख भट्ट र सहकारीका अध्यक्ष विनाडीले सहयोग सामग्री वितरण गरेका थिए ।