
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।
आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।































