एमाले भनेको ओली हुन र ओली भनेको एमाले हो : सचिव भट्ट

Image
Nisarga Hospital

अत्तरिया : नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले को एकल नेतृत्वको सरकार बनेपछि मात्रै देश समृद्धितर्फ अघि बढने दावी गरेका छन् । मंगलबार एमाले गोदावरी नगरकमिटीको दोस्रो अधिबेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । देशमा विकासका ठुला योजना एमालेकै पालामा शुरु भएकाले एमाले कै नेतृत्वमा सरकार बन्नुपर्ने सचिव भट्ट कोतर्क छ । सो क्रममा भट्टले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा भएकै कारण पार्टी बलियो बनेको जिकिर गरे ।

CP Hospital Dhangadhi

आशलाग्दो नेतृत्व भयो भने सबै कुरो संभब हुन्छ । अहिले एमाले भनेको ओली हुन र ओली भनेको एमाले हो । अन्य पार्टीलाई पनि काठमाण्डौको गोदावरी भेलाले एउटा सन्देश दिएको छ कि ओली बिना प्रचण्ड नि एक्लै हिँड्न सक्दैनन् र देउवा पनि सक्दैनन्, सचिब भट्टले भने । गोदावरी अधिबेशन मार्फत पार्टीले सहि र सक्षम नेतृत्व चयन गर्ने बिश्वास ब्यक्त गरे । उनले भने,अहिले यहाँ अधिबेशन चलेको छ । धेरै तपाईंहरु म कहाँ आएर भन्ने गर्नुहुन्छ तपाईं त सचिब हो फलानो लाई बनाउन भन्दिनु पर्यो । अब नेतृत्वले कसैलाई बनाउ कसैलाई नबनाउ भन्न मिल्छ त ? यहाँ धेरै अधिबेशन भए कोहि अध्यक्ष को कोहि महासचिव को मान्छे भनेर हिड्ने गर्छ्न तर नेतृत्व ले त्यस्तो कहिले भन्दैन। सके सहमति गर्नुस् नभए उच्च लोकतान्त्रिक अभ्यास निर्बाचन गरेर नेतृत्व चयन गर्नुस्।

Attariya Hospital

आफ्नै गृहनगर मा भैरहेको अधिबेशन लक्षित गर्दै भट्टले पार्टी बनाउन सबै एक ढिक्का भएर लाग्न निर्देशन दिए ।उहिले पनि कांग्रेस संग लडाइँ पर्थ्यो त्यो बेला नि कम्युनिस्टहरु एक ठाउँमा हुन्थे , तर हामी त अहिले एउटै पार्टीमा छौँ र पनि फरक फरक व्यबहार जस्तो देखिन्छ । कसैलाई समाजबादी भन्या छन् , कसैलाई दस बुँदे भन्या छन् कसैलाई माओवादी भन्या छन् । त्यसरी हुँदैन पार्टी बनाउन ३ सय ६५ दिन नै एमाले हुनुपर्यो । ३ सय ६४ दिन एमाले हुने भोट हाल्ने दिन अर्कै ठाँउमा हाल्ने अनि कसरी एमाले हुन्छ त रुुसचिब भट्टले अधिबेशन पछि आउने नेतृत्वले पार्टी शुद्धीकरण र संगठन बिस्तारलाई ध्यान दिँदै मिसन ८४ को लक्ष सफल पार्ने तर्फ लाग्न निर्देशन दिए ।

nawajiwan