कैलालीको अत्तरियामा दोस्रो गोदावरी नगर सम्मेलन सुरु

Image
Nisarga Hospital

अत्तरिया:कैलालीको अत्तरियामा नेपाली काँग्रेस कैलाली क्षेत्र न.४ अन्तर्गत गोदावरी नगरको दोस्रो गोदावरी नगर सम्मेलन सुरु भएको छ ।

CP Hospital Dhangadhi
oplus_2

कार्यक्रमका प्रमुख अतिथी पुर्ब मन्त्री एवं कैलाली क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कर्यक्रममा बिशिष्ट अतिथिमा पूर्व राज्य मन्त्री दीर्घ राज भाट, प्रदेश सांसद प्रकाश बहादुर बम, तुल्सी देवकोटा रहेका छन् । त्यसै गरी बिशिष्ट अतिथिमा प्रदेशका महामन्त्री उत्तम कठायत , गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट , कांग्रेस नेता निर्प बहादुर सुनार, क्षेत्रीय सभापति वसन्त रोकाया ललित लगायतको उपस्थिति रहेको थियो।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछिको दोस्रो नगर सम्मेलनमा पार्टी नगर सभापति बीरबहादुर चोखालले बताएका छन् । नेपाली काँग्रेस कैलाली जिल्लाले जिल्लाका प्रत्यक निर्वाचन क्षेत्रमा पत्राचार गरि वडा ,गाउँ ,नगर र क्षेत्र सम्मेलन गर्न निर्देशन अनुसार सम्मेलनहरु सञ्चालन भईरहेका छ ।

१४ औं महाधिवेशन पछि को यो दोस्रो नगर सम्मेलन भएको कांग्रेस गोदावरीले जनाएको छ । कार्यक्रमको सन्चालन नगर सचिब योगेश भट्ट ले गरेका छन् । कार्यक्रमम कांग्रेसका पुराना नेताहरूलाई सम्मान समेत गरिने नगर सचिब भट्टले बताए ।

Dhnagadhi & Krishanapur