कैलालीको अत्तरियामा दोस्रो गोदावरी नगर सम्मेलन सुरु

Image
Nisarga Hospital

अत्तरिया:कैलालीको अत्तरियामा नेपाली काँग्रेस कैलाली क्षेत्र न.४ अन्तर्गत गोदावरी नगरको दोस्रो गोदावरी नगर सम्मेलन सुरु भएको छ ।

CP Hospital Dhangadhi
oplus_2

कार्यक्रमका प्रमुख अतिथी पुर्ब मन्त्री एवं कैलाली क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

nawajiwan

Attariya Hospital

कर्यक्रममा बिशिष्ट अतिथिमा पूर्व राज्य मन्त्री दीर्घ राज भाट, प्रदेश सांसद प्रकाश बहादुर बम, तुल्सी देवकोटा रहेका छन् । त्यसै गरी बिशिष्ट अतिथिमा प्रदेशका महामन्त्री उत्तम कठायत , गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट , कांग्रेस नेता निर्प बहादुर सुनार, क्षेत्रीय सभापति वसन्त रोकाया ललित लगायतको उपस्थिति रहेको थियो।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछिको दोस्रो नगर सम्मेलनमा पार्टी नगर सभापति बीरबहादुर चोखालले बताएका छन् । नेपाली काँग्रेस कैलाली जिल्लाले जिल्लाका प्रत्यक निर्वाचन क्षेत्रमा पत्राचार गरि वडा ,गाउँ ,नगर र क्षेत्र सम्मेलन गर्न निर्देशन अनुसार सम्मेलनहरु सञ्चालन भईरहेका छ ।

१४ औं महाधिवेशन पछि को यो दोस्रो नगर सम्मेलन भएको कांग्रेस गोदावरीले जनाएको छ । कार्यक्रमको सन्चालन नगर सचिब योगेश भट्ट ले गरेका छन् । कार्यक्रमम कांग्रेसका पुराना नेताहरूलाई सम्मान समेत गरिने नगर सचिब भट्टले बताए ।