नागरिक उन्मुक्ती छिट्टै सरकारमा सहभागी हुन्छ : अध्यक्ष रञ्जिता श्रेष्ठ

Image
Nisarga Hospital

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा केन्द्रीय गठवन्धनअनुसार सरकार चलिरहेको र संङ्घीय सरकारमा पनि पार्टी छिट्टै सहभागी हुने बताएकी छन् । सोमबार गृहनगर टीकापुर पुगेकी अध्यक्ष श्रेष्ठले पत्रकारसँग कुरा गर्दै नागरिक उन्मुक्ति पार्टीबाट विजयी सुदूरपश्चिम प्रदेश सभाका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको लाइनमा धेरै दिन बस्नु नहुने बताएका छन् ।

CP Hospital Dhangadhi

‘केन्द्रमा जुन गठबन्धन छ, त्यसैअनुसार जानुपर्छ भन्ने पार्टीको प्रष्ट निर्देशन छ, सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन अनुसारकै सरकार चलेको छ, हाम्रा मन्त्रीहरु हुनुहुन्छ’ पार्टी अध्यक्ष श्रेष्ठले भनिन्, ‘केही जना प्रदेश सभा सदस्यको पनि केही अधिकार हुन्छ प्रयोग गछौं भन्ने ठानेर बसिरहनु भएको छ, यो विषयमा छलफल भइरहेको छ, यो अवस्था धेरै दिन रहँदैन उहाँहरु पनि सत्ता पक्षमै हुनुहुन्छ ।’

सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्ति पार्टी सङ्घमा सरकार बाहिर छ । नागरिक उन्मुक्ति पार्टीको मुख्य एजेण्डा राजबन्दी रिहा गर्नु थियो, त्यो भैसकेपछि हामी सरकारमा जानुपर्छ भन्नेमा प्रष्ट छौं पूर्वमन्त्री समेत रहनु भएकी श्रेष्ठले भनिन्, ‘अघिल्लो सरकारमा थियौं गठबन्धन फेरिए पनि हामी निरन्तर सरकार पक्षमै छौं । पार्टीका साथीहरुबिचमा कुरा नमिलेर सरकार गठन हुने बेला छुटेका हौं ।’

nawajiwan
Attariya Hospital

श्रेष्ठका अनुसार नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदा एक जना मन्त्री र एक जना राज्यमन्त्री हुने सहमति भइसकेको छ । प्रधानमन्त्रीको विदेश भ्रमण, बजेट लगायतका कार्यक्रमले ढिलो भयो अहिले राष्ट्रपति विदेश भ्रमणमा रहनुभएकाले ढिलो भएको छ । राष्ट्रपति स्वदेश फर्किनु भएपछि सरकारमा सामेल हुने श्रेष्ठले बताईन् ।

नागरिक उन्मुक्ति भित्रबाटै नयाँ पार्टी जन्मिन्छ भन्ने बहस भइरहेको बेला अध्यक्ष क्षेष्ठले अहिलेसम्म संरक्षक ९रेशमलाल चौधरी० ले पार्टीका तर्फबाट प्रशिक्षण दिइरहनु भएकाले अर्को पार्टी खुल्छ भन्ने शंका नरहेको बताईन् । २०७८ फागुनमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले २०८० पुसमा महाधिवेशन गरेको थियो । महाधिवेशनले रेशमलाल चौधरीलाई अध्यक्ष चयन गरे पनि निर्वाचन आयोगले मान्यता नदिएपछि संस्थापक अध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष भएकी हुन् । उनले विगतभन्दा यसवर्ष कैलाली क्षेत्र नम्बरमा राम्रो बजेट विनियोजन भएको र रातो किताब आएपछि थाहा हुने पनि बताएकी छन् ।