सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur