नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट ! एकै दिन घट्यो २ हजार ७०० रुपैयाँ ! कतिमा हुँदै छ त कारोबार ?

Image
Nisarga Hospital

साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ।  आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५४ पैसामा कारोबार भइरहेको छ।

Dhnagadhi & Krishanapur