नेपाली बजारमा आकासियको सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Dhnagadhi & Krishanapur