नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो।

CP Hospital Dhangadhi

सोमबार सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur