
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






































