राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफरको योजना

Image
Nisarga Hospital

राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ। बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

CP Hospital Dhangadhi

यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

nawajiwan

यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहनेछ । विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्नुहोस ।