
नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।


मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।






























