हरिद्वार दर्शन :

Image
Nisarga Hospital

हरिद्वारको नामबाट नै थाह हुन आउँछ कि यो “हरि” (भगवान) को “द्वार” (ढोका) हो । पवित्र पावनी गङ्गा नदी हिमालयबाट उद्धव भएर हरिद्वारमा प्रवेश गरेकी हुनाले यसलाई “गङ्गाद्वार” पनि भनिन्छ । हिन्दु धर्मका सबै ग्रन्थहरूमा हरिद्वारको वर्णन गरिएको पाइन्छ । हरिद्वारको दर्शन मात्रले स्वर्गको द्वार खुल्दछ । यस कारण यो ठाउँको नाम “स्वर्गद्वार” पनि रहेको छ । हरिद्वारलाई “मायापुरी” पनि भनिन्छ । यहाँ कुम्भ मेला लाग्ने भएकाले यस ठाउँलाई “कुम्भनगरी” भनेर पनि चिनिन्छ ।

CP Hospital Dhangadhi

प्रकृति प्रेमिहरूकालागि हरिद्वार स्वर्ग जस्तै सुन्दर छ । हरिद्वार हिन्दु संस्कृति र सभ्यताको एक बहुरूपदर्शक प्रस्तुत गर्दछ । यसको उल्लेख पौराणिक कथाहरूमा कपिलस्थान, गङ्गाद्वार तथा मायापुरीको नामबाट पनि गरिएको छ । यो चार धाम यात्राको लागि प्रवेशद्वार पनि हो (उत्तराखण्डका चार धाम हुन्:- बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्री), यसैले भगवान शिवका अनुयायी र भगवान विष्णुका अनुयायी यसलाई क्रमशः हरद्वार तथा हरिद्वारको नामले पुकार्दछन् । हरभनेकाे शिव र हरि भनेकाे विष्णु ।
महाभारतकाे वनपर्वमा धौम्य ऋषिले युधिष्ठिरलाई भारतवर्षका तीर्थ स्थलहरूका बारेमा बयान गर्ने बेला गङ्गाद्वार अर्थात् हरिद्वार र कनखलका तीर्थहरूको पनि उल्लेख गरिएको छ । पौराणिक कालमा कपिल ऋषिको आश्रम यहीं थियो, जसले गर्दा यसको प्राचीन नाम कपिल या कपिल्स्थान भेटियो । पौराणिक कथाहरूका अनुसार भगीरथ, जो सूर्यवंशी राजा सगरका पनाती (श्रीरामका एक पूर्वज) थिए, गङ्गाजीलाई सतृय युगमा धेरै वर्षको तपस्या पश्चात् आफ्नो ६०,००० पूर्वजहरूको उद्धार तथा कपिल ऋषिको श्रापबाट मुक्त गराउनका लागि पृथ्वीमा ल्याएका थिए । यो एक यस्तो परम्परा हो जसलाई करोडौं हिनेदुहरू आज पनि निभाउछन् , जो आफ्ना पूर्वजहरूको उद्धारको आशामा उनको चिताको खरानी ल्याएर गङ्गाजीमा विसर्जन गर्दछन् । भनिन्छकी भगवान विष्णुले एक ढुङ्गामा आफ्ना पद-चिह्न छोडेका छन् जो हरकी पैडीको माथिल्लो भित्तामा अझैँ पनि स्थापित देखिन्छन् , जहाँ हर समय पवित्र गङ्गाजी ति पदचिन्हरूलाई स्पर्श गर्दै रहन्छिन् ।

हरिद्वारकाे बारेमा चित्रण गर्दैगर्दा मलाई हाम्रा पुर्खाहरूकाे साँस्कृतिक चालचलनहरूकाे झझल्काे आइरहेकाे छ । हाम्रा पूर्वजहरू कत्युर, कुमाऊँ, गडवालबाट आगमनकाे वंशावली हामी पढ्छाै । अहिले हामी आ-आफ्नाे इष्टदेव हुन्शिखर, मालिकार्जुन, लटैनाथ, निङ्गलासैनी, भगवती, बडिमालिका, शैलेशेवरी आदि देवीदेवतालाई मान्दै आएकाछाैं । हामीले किन मान्याै भन्न खाेजेकाे हाेइन मैले । आफ्ना इष्टदेव भनेका दीक्षामन्त्रका अधिष्ठाता देवता हुन् । आत्मसन्तुष्टिकालागि भएपनि कुलदेवताकाे पूजाआराधना गर्नु पर्दछ । तर मलाई लाग्दछ कि हाम्राे कुलदेवताकाे मुलद्वार भनेकाे हरिद्वार रहेछ । किनकि हामी शुभ तथा अशुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, अस्थक्षेपन, श्राद्ध, काजकिरिया लगायतका कामहरूकाेलागि जीवनमा एकपटक भएपनि हरिद्वार दर्शन तथा यात्रा गर्दछाैं । उल्लिखित कार्यहरूकाेलागि हामी आफ्नाे कुलदेवता कहाँ किन जादैनाै त ! सुदूरपश्चिममा जन्मिएपछि एकचाेटी अवश्य जाे सुकैपनि हरिद्वारकाे दर्शन यात्रा गर्ने गरेकाे देखिन्छ । यदि कुलदेवता कहाँ सबै जीवनका धार्मिक, सामाजिक तथा संस्कारिक कार्यक्रमहरू हुनेभए हामी किन हरिद्वार जान्छाैं त ? मृत्यु संस्कारमा अस्थ क्षेपन महाकाली नदीमा नगरेर जीवनलाई दाउमा राखेर पितृहरूकाे वैकुण्ठ वासकाे कामना सहित ऋणकर्जा गरेर हामी हरिद्वार किन जान्छाै त ? यदि हाम्रा संस्कारका सब‌ै कार्यहरू इष्टदेव कहाँ सम्पन्न हुने भए ? सायद मित्र राष्ट्र पनि र भिसा पनि नलाग्ने भएर हाेला चारधाम दर्शनका कुराहरू । सबै चारधाम भारतमा नै त पर्दैनन् कि !

हाम्रा पुर्खा बाजेबज्यै लगायतका गाउँका सयाना मान्छेहरू महिनाैं दिनदेखि चाेखाेभाेकाेभई खजुरा … लगायतका अपाक्य सामग्रीहरूकाे साथमा एक हुल/ जत्था हरिद्वार दर्शन गरेर फर्केपछि फेरि महिनाैं सम्म तामसी भाेजन नगर्ने, निजहरूलाई भेटेमा दुबाे, फूलकाे गुच्चाले स्वागत गर्ने परम्परा तथा चलन रहि आएकाे छ । हामी हरिद्वारबाट तीर्थ जल ल्याउने गर्छाैं, याे आस्था र विश्वासकाे कुरा हाे । अहिले जमाना फेरिएकाे छ । पवित्र धार्मिक स्थल हरिद्वार भनेपछि कसैलाई अचम्म लाग्न सक्छ किनकि नेपालमा पनि पशुपतिनाथ, गाेदावरी, मनकामना लगायतका प्रख्यात धार्मिक स्थलहरू नभएका हाेइन । तर हामी यी धार्मिक स्थल हुँदाहुँदै पनि चुडाकर्म, व्रतबन्ध, काजकिरिया, अस्थ क्षेपन लगायतका कामहरूकाेलागि हरिद्वार नै जान्छाै । यस्ता कर्मकाण्ड हामी आफ्ना कुलदेवताकाे मन्दिरमा किन गर्दैनाैं भन्ने मेराे प्रश्न हाे । धार्मिक अन्धविश्वासका कारण हामी आफ्नाे कुलदेवता कहाँ ऋणमुक्त भइयाेस, छाेरा हाेस, राेग व्याधी हटाेस, सत्रु क्षय हाेस, राेजगारी मिलाेस, विदेश यात्रा फलदायी हाेस आदि मनाेकांक्षा पुराहाेस भनेर खसी बाेका चढाउने भाकल गर्दछाैं । के हामी साँच्चिकै धार्मिक र सनातनवादी हाैं त ? हरिद्वारमा खसी बाेकाकाे बलि किन हुद‌न रहेछ त । के ईश्वर एकै मात्र हाेइन र ! हामीले इष्टदेव वा धाममा पूजापाठ गर्दा नाम जे जपे पनि ईश्वरकै नाममा गर्छाैं ।
धन्यवाद !!
क्रमशः …
मान सिंह धामी ((भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला