माफ गर्नुहोस् मेरो बाइक वा विश्वकर्मा निर्जीव वस्तु म तिम्रो पुजा गर्न सक्दैन!

Image
Nisarga Hospital

छिमेकको जिउँदो विश्वकर्मा भगवान (लोहार, कामी आदि थरको मान्छे ) लाई छुवाछुत गर्ने र मोटरसाइकल , गाडी आदिलाई विश्वकर्मा भगवान मानेर निर्जीव (non living things) सवारी साधनहरुलाई भगवान मान्ने र पुज्नेहरुको जमात देख्दा आश्चर्यचकित भएको छु । यो भन्दा झन् आश्चर्यको कुरा त स्कुलमा विद्यार्थीहरूलाई विज्ञान पढाउने बेला सजीव र निर्जीव बस्तुहरु बारे पढाउने शिक्षकहरुले , जीवित वा मृत भनी प्रमाणीकरण गर्ने डाक्टरहरुले , अति शिक्षित तथा उच्च पदस्त व्यक्तिहरुले , नास्तिक भनिने कम्युनिस्ट पार्टीमा आवद्ध रहेका मानिसहरूले पनि आज सवारी साधानहरुको पूजा गरिरहेका छन् ! यो भन्दा बढी आश्चर्यजनक अरु के हुन सक्छ ?

CP Hospital Dhangadhi

” हे मेरा विश्वकर्मा भगवान अर्थात् हे मेरा मोटरसाइकल ! मलाई माफ गर किनभने मैले आज तिम्रो पूजा गरेको छैन, पूजा गर्न त परै जाओस् तिम्रो शरीरमा लागेको हिलो पनि पुछेको छैन ! मेरो श्रीमतीले तिम्रो पूजा गर्छु भन्दै थिइन् तर मैंले उनलाई पनि तिम्रो पूजा गर्न दिइन ! उसो त मैले तिमीलाई किनेर घरमा ल्याएको दिन पनि तिम्रो पूजा गरेको थिइन , नरिवल फुटाएको थिइन , तिम्रो शरीरमा ध्वजा पनि लगाएको थिइन ! I am sorry my bike or Bishwakarmaa . किनभने म तिमीलाई मात्रै एउटा निर्जीव बस्तु (non living thing ) ठान्छु । “

यदि हिन्दु धर्मलाई साँच्चै महान बनाउने हो भने जातिवाद र छुवाछुतलाई त्यागी निम्न अनुसार नयाँ ढंगले विश्वकर्मा पूजा गर्नुपर्दछ :-
१) हरेक मानिसमा ईश्वर आत्मा बनेर बसेको हुँदा हरेक मानिस ईश्वर हो , अत: एउटा दलित पनि ईश्वर हो भन्ने भावना बढाउँदै विश्वकर्मा पूजाको दिन आफ्नो छिमेकी कुनै विश्वकर्मा थरको व्यक्तिलाई आफ्नो घरमा स सम्मान निमन्त्रणा दिई बोलाउने ।

२) घरमा आएपछि निज विश्वकर्मा थरको व्यक्तिको चरण पखाली , खुट्टा ढोगी उसलाई मीठो मसिनो खानेकुरा खुवाई उचित दान दक्षिणा दिई बिदा गर्ने । यसो गरेमा बिगतमा छुवाछुत गरेको हामी गैर दलितहरुको पाप पनि कट्टी हुन्छ साथै छुवाछुत जस्तो पाप गर्दागर्दै मरेका करण हाल नरकमा रहेका हाम्रा पुर्वजहरुको पनि पाप कट्टी भै पुर्वजहरुको नरकवाश अवधी घट्न सक्छ ।

३) जिउँदो छिमेकी विश्वकर्मा व्यक्तिलाई यसरी गैर दलितले सम्मान र पूजा गर्न थालेपछी दलितहरुको गैर दलित प्रती प्रेम बढ्छ र आपसी सहयोगको भावना बढ्छ । सबैको हृदयमा प्रेम प्रकट भए पछि यो धर्ती स्वर्ग बन्नेछ ।

४) मैले भने झैं विश्वकर्मा पूजा गर्न थालियो भने हिन्दु धर्ममा छुवाछुत जस्तो कालो दाग छ भन्नेहरु नैं हिन्दु धर्मको प्रशंसा गर्न थाल्नेछ्न् र हिन्दु धर्म झन् झन लोकप्रिय र सर्वमान्य हुने दिशा तिर लम्कनेछ !

अधिबक्ता दिपेन्द्र चन्द – बैतडी