गेटा मेडिकल कलेजको अवधारणालाई जनताले विश्वविद्यालय माग गरेपछि ढिलाई भएको हो : काँग्रेस नेता महत

Image
Nisarga Hospital

अत्तरिया : नेपाली काँग्रेसका नेता प्रकाश सरण महतले गेटा मेडिकल कलेजको अवधारणालाई यहाँकै जनताले विश्वविद्यालय माग गरेपछि ढिलाई भएको बताएका छन् । शुक्रबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । गेटामा मेडिकल कलेज बनाउने गरी काम अगाडि बढ्दा विश्वविद्यालय बनाउन दवाव आएपछि सोही अनुसार नयाँ प्रक्रिया शुरु भएको बताउँदै उनले नयाँ प्रक्रिया शुरु गर्दा स्वभासवक ढिलाई हुने गएको बताइ ।

CP Hospital Dhangadhi

यस्तै अर्को प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पक्षमा भिड जम्मा गर्न विभिन्न प्रपोगण्डा अपनाइरहेको टिप्पणी गरे । पार्टीको प्रवक्ता समेत रहेका महतले विभिन्न प्रपोगण्डा गरेरे कालोलाई सेतो बनाउन लामिछाने लागिरहेको बताएका हुन् । यसरी सहकारी ठगी पुष्टि हुने खालको प्रतिवेदन आइसक्दा शिर निहुरिनुपर्नेमा झन क्लिन चिट पाए भनेर हिड्नु गलत रहेको महतको तर्क छ । सहकारी उच्च स्तरिय छानबिन समितिले गोरखा मिडियाको सम्पूर्ण खर्च सहकारीको पैँसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दा समेत क्लिन चिट पाए भन्नु मुर्खता रहेको उनले बताए ।

रबि लामिछाने सहित ४ जनाकै सिफारिसमा सहकारीको रकम गोरखा मिडियामा आएको प्रस्ट भएर समितिले उनी सहित ४ जनालाई कारवाहीका लागी सिफारिस गरिसकेको उनले बताए । सहकारीको रकम लिएर प्रबन्ध निर्देशकले पैँसा कहाँबाट आयो थाहा छैन भन्नु गलत रहेको तर्क गर्दै चर्को भाषणले आफुलाई चोख्याउन खोजेर नचोखिने उनको तर्क थियो । यसमा सहकारी ऐन र सगंठित अपराध सहित ४ वटा मुद्धा आकर्षित हुने भन्दै प्रतिवेदनमाथि सरकारले आवश्यक अनुसन्धान सहित कारवाही प्रक्रिया अगाडि बढाउने महतले बताए । प्रतिवेदनले लामिछाने दोषी रहेको बताइसक्दा उनीहरुले जनतालाई भ्रमित पारेर दिउँसै रात पार्न खोजेको उनले बताए ।

nawajiwan

प्रवक्ता महतले सरकार बन्यो की अब ढल्छ भन्ने सधैँको हल्ला अहिले पनि चलेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठुला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने दावी गर्दै उनले बर्तमान समिकरणबाटै शेरबहादुर देउवा करिब दुई बर्ष पछि प्रधानमन्त्री बन्ने बताए । न्यूनतम साझा कार्यक्रम समेत आपसी समझदारीबाट आएको बताउँदै उनले यो समिकरण निरन्तरताको बिकल्प नरहेको बताए ।