
नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।































