
शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पुनः उकालो लागेसँगै नेपाली बजारमा प्रभाव देखिएको छ । पाँच दिनमा सुन तोलामा साढे ५ हजार महँगिएको छ । गत आइतबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो ।






































