एनपीएलको रोमाञ्चक प्रतिस्पर्धा: जनकपुर र सुदूरपश्चिमको आमनेसामने, शेख दाजुभाईको भिडन्त

Image
Nisarga Hospital

आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच ‘हाई भोल्टेज’ खेल हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

अहिलेसम्म खेलेका चार वटै खेलमा विजय हासिल गर्दै अपराजित रहेको जनकपुर, यो लय कायम राखेर प्लेअफको यात्रा पक्का गर्न चाहन्छ। अनिल शाहको कप्तानीमा रहेको यो टोलीले टप अर्डरदेखि बलिङसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

टप अर्डरमा कप्तान शाहसँगै आसिफ शेख र लाहिरु मिलान्थाले जिम्मेवारी सम्हाल्नेछन्। मिडल अर्डरमा न्युजिल्याण्डका अलराउण्डर र क्यानडाका हर्श थाकरलाई शुभ कंसारले सहयोग गर्नेछन्। बलिङमा ललित राजवंशी, किशोर महतो, र यू१९ टोलीका कप्तान हेमन्त धामी मुख्य भूमिकामा छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लगातार तीन खेल जितेपछि चितवनसँग पराजित सुदूरपश्चिम रोएल्स आज जित हात पार्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको यो टोलीले बलियो फ्यान बेस निर्माण गरेको छ।

सुदूरको ओपनिङमा विनोद भण्डारी र सैफ जैब छन्, भने मिडल अर्डरमा ब्राण्डन म्याकमुलेन र दीपेन्द्रसँगै आरिफ शेख र इशान पाण्डे जस्ता खेलाडी छन्। बलिङतर्फ स्कट कुगेलेइन, नरेन साउद, र अविनाश बोहरा मुख्य बलर हुन्। चौथो विदेशी खेलाडीका रूपमा दिलप्रित बाजवा वा हर्मित सिंह खेल्न सक्छन्।

दाजुभाई शेखको रोमाञ्चक भिडन्त
यस खेलको अर्को आकर्षण भनेको दाजुभाई आरिफ शेख (सुदूरपश्चिम) र आसिफ शेख (जनकपुर) बीचको प्रतिस्पर्धा हो। घरमा दाजुभाई भए पनि मैदानमा उनीहरू प्रतिद्वन्द्वीका रूपमा उत्रनेछन्। राष्ट्रिय टोलीमा सहकार्य गरेका यी खेलाडी फ्रेन्चाइज क्रिकेटमा पहिलो पटक एकअर्काको विरुद्धमा खेल्दैछन्।

यो रोमाञ्चक खेल हेर्न हजारौं समर्थक मैदानमा उपस्थित हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेशका समर्थकको उपस्थिति मैदानमा हावी हुने अनुमान गरिएको छ, जबकि जनकपुरको प्रदर्शनलाई समर्थन गर्ने फ्यानहरू पनि उत्साहित छन्।

यो खेलले प्लेअफको समीकरण मात्र होइन, दुवै टोलीको मनोबलमा महत्वपूर्ण प्रभाव पार्नेछ।

Dhnagadhi & Krishanapur