
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा Resilient Municipal Services (G2G) को कार्यान्वयन चरण सुरु गर्नका लागि G2G सँग हस्ताक्षर गरेको छ ।

कार्यक्रममा G2G प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू, तथा पालिका कर्मचारीहरूको सहभागिता थियो। यस छलफलपछि नगरपालिकाका विभिन्न क्षेत्रमा कार्यान्वयन गरिने योजनाबारे दुई पक्षीय हस्ताक्षरसमेत गरिएको छ।




गोदावरी नगरपालिकाका बिभिन्न बिकास निर्माणका कार्यहरुमा नेपाल सरकारकै युएसएआईडी अन्तर्गतकै सरकार–सरकार (जिटुजि) संग सहकार्य गरेर अघि बढाईने गरी आज एक औपचारिक कार्यक्रमका बिच हस्ताक्षर भएको छ ।
युएसएआईडीको तयार नेपालसंगको सहकार्यमा नगरपालिकामा ५ बर्षको समयमा सहजरुपमा छनौट गरेका योजनाहरु सफलतापुर्वक सम्पन्न भएकाले जिटुजिमा गोदावरी नगरपालिका छनोट भएको नगरप्रमुख बिरेन्द्र भट्टले बताए । उनले नेपाल सरकारसंग समन्वय गरेर युएसएआईडी अन्तर्गतकै जिटुजिमा देशभरका चार पालिकासंगसंगै गोदावरी पनि छनोट भई कार्यान्यनको चरणमा पुगेको बताएका छन ।
गोदावरी सहित बिरेन्द्रनगर नगरपालिका सुर्खेत, राजापुर नगरपालिका बर्दिया, र निलकण्ठ नगरपालिका धादिङमा जिटुजिले बिकास निर्माणका कार्यक्रमहरु लागु गर्ने भएको छ । स्थानिय सरकारमा बजेट अभाव भईरहेको बेलामा जिटुजिले नगरको विकासमा थोरैपनि सहयोग गरेमा पालिकाको विकासका लागि सहज हुने उनले बताए । देशभरका ७५३ ओटा स्थानिय तहमध्ये गोदावरी लगायत चार ओटा पालिकामा जिटुजिले आगामि आर्थिक बर्षदेखी कार्यक्रम शुरु हुनेगरी अहिले योजना छनौट र सम्झौताको कार्य भईरहेको नगरप्रमुख भट्टले बताए ।
आगामि आर्थिक बर्षमा जिटुजि अन्तर्गत ५ करोड रुपैया नगरपालिकाले प्राप्त गर्ने भएको छ,त्यसमा ३३ प्रतिशत नगरपालिकाको रहने छ । उक्त ५ करोड र ३३ प्रतिशत थप हुन आउने रकम चार पाँच ओटा योजना बनाएर जुन आर्थिक बर्षमा कार्यक्रम सम्झौता हुन्छ सोही बर्ष सम्पन्न गर्नुपर्ने गरि जिटुजिको नियम अनुसार अगाढी बढ्नु पर्ने नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।
एडिबिले पनि गोदावरीमा सडक निर्माण कार्य अगाढी बढाउनुका साथै बिभिन्न बिकास निर्माणका कार्यहरुमा सहयोग गरिरहेको छ । स्थानिय सरकारको बजेटले नपुग्ने भएकाले पालिकाले यसरी बिभिन्न संघसंस्थासंग सहकार्य गरे अगाढी बढ्नुपर्ने अवस्था रहेको नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।
कार्यक्रमले नगरको दिगो विकास र समृद्धिको आधारशीला बनाउन निम्न योजनाहरूलाई प्राथमिकतामा राखेको छः
१) अत्तरियाको लामितालमा बृहत् पर्यटन स्थल निर्माणः- नगरलाई पर्यटनको केन्द्रबिन्दु बनाउने योजना।
२) गोदावरी धाम र बस्ती संरक्षणका लागि खोला नियन्त्रणः- गोदावरी-३ ,१० र १२ मा तटबन्ध निर्माण गरी बस्तीको सुरक्षामा ध्यान दिने।
३) अत्तरिया-धनगढी ६-लेन सडक खण्डमा वृक्षारोपणः- हरियाली प्रवर्द्धनका लागि महत्त्वपूर्ण पहल।
४) गाईबस्तु नियन्त्रण तथा व्यवस्थापनका लागि वडा नं. ७ मा गौशाला निर्माण – पशुपालन व्यवस्थापनमा सहयोग।
५) पालिका बिभिन्न क्षेत्रमा सिचाई एव् खानेपानीका लागि केही योजना जस्तै मुहान संरक्षण (Recharge Pond) जल स्रोतको दीर्घकालीन संरक्षण।
यो सहमति गोदावरी नगरपालिकालाई दिगो विकास र पर्यावरणीय सन्तुलनको दिशामा अघि बढाउन सहयोगी सिद्ध हुनेछ।







































