
नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँ घटेर तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।































