
दार्चुलाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ। सोमवार राति व्याँस गाउँपालिका वडा नम्बर ३ गल्थामा सुपप्र ०१–00१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

गल्था बस्ने एम्बुलेन्स चालक बिरा डडाल घर जाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा चालक घाइते भएका छन् भने एम्बुलेन्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनापछि चालक डडाललाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार गरिएको थियो। थप उपचार र जाँचका लागि उनलाई भारतको पिथौरागढ पठाइएको छ। दुर्घटना दार्चुला-टिकर सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ।




यो दुर्घटनाले व्याँस गाउँपालिकाको स्वास्थ्य सेवामा गम्भीर असर पारेको छ। यसले स्थानीय सडक सुरक्षा र यातायात व्यवस्थापनको आवश्यकता माथि थप ध्यानाकर्षण गराएको छ।


































