सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि लागू

Image
Nisarga Hospital

सरकारले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा पुन: बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडादर आजै (२२ पुस)देखि लागू हुनेछ।

CP Hospital Dhangadhi

यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले वृद्धि गरिएको छ। मालबाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा ०.८१ प्रतिशत र तराई क्षेत्रमा ०.०५ प्रतिशतले भाडा बढाइएको छ।

विभागका अनुसार दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ। यसअघि ३१ साउन २०८० मा भाडा समायोजन गरिएको थियो।

भाडा वृद्धि किन?
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित खर्चको अध्ययन, सरोकारवालासँगको परामर्श र मुख्य सूचकहरूको मूल्यवृद्धि हेरेर यो निर्णय गरेको जनाएको छ।

भाडा बढाउनका लागि ११ पुस २०८१ मा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सहमति दिएका थिए।
विभागका अनुसार भाडा समायोजनका मुख्य आधारहरू यस्ता छन्:

श्रमिकको पारिश्रमिक
इन्धन मूल्य
टायर र अन्य सामग्री
ब्याज र सञ्चालन खर्च
ह्रासकट्टी तथा सञ्चालन मुनाफा
नयाँ भाडादरले यात्रु र व्यवसायिक क्षेत्रमा कस्तो प्रभाव पार्नेछ भन्ने थप विश्लेषण आवश्यक छ।