
नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

सुनको मूल्य: नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १,५२,५०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार यसै सुनको मूल्य १,५२,००० रुपैयाँ थियो।
चाँदीको मूल्य: चाँदीको मूल्य भने अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ।


























