
नेपाली बजारमा आज (बिहीबार) पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले वृद्धि भई एक लाख ५३ हजार तीन सय रूपैयाँ पुगेको छ।

अघिल्लो दिन (बुधबार) छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएर एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार ८३० रूपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ८४० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २,६६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन–चाँदीको मूल्यमा जारी यो वृद्धिले घरेलु बजारमा लगानीकर्ताको चासो बढाएको देखिन्छ।


























