
भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गर्दै मंगलबार साँझ ५ बजेदेखि नेपाल–भारत जोड्ने खलंगा सिमा नाका बन्द गरिएको छ।

माघ १० गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि सिमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदका अनुसार, माघ १० गते मतदान प्रक्रिया सम्पन्न नहुन्जेल खलंगास्थित दार्चुला–धारचूला जोड्ने झोलुङ्गे पुल बन्द रहनेछ।






































