
दार्चुला जिल्लाका विभिन्न स्थानीय तहहरू मध्ये मालिकार्जुन गाउँपालिका ऐतिहासिक, धार्मिक तथा राजनैतिक हिसाबले एक छुट्टै अस्तित्व र पहिचान बाेकेकाे गाउँपालिका हाे । किनकि यस गाउँपालिकामा राष्ट्रकाे साताैंधाम पवित्र धार्मिक स्थल मालिकार्जुन मन्दिर, न्यायका देवता मानिने वरदानी ढाेका हुनैनाथ मन्दिर, जिल्लाकै पहिलाे हाइस्कुल शंकरपुर हाइस्कुल, प्राचीन पुरातात्त्विक सम्पदा उकु महल, शंकरपुर विद्यालय खाेल्नमा विशेष याेगदान पु-याउने महापुरुषद्वय स्व. काशीराम पन्त र स्व. डा. दामाेदर जाेशीकाे जन्मस्थल शंकरकाे तपाेभूमि शंकरपुर पस्ती, भारतसँग सिमाना जाेडिएकाे जाैलजिबी, उकु, सलेती लगायतका अन्नकाे भण्डार मानिने गाउँहरू, ब्राह्मण, क्षेत्री लगायतका सबै जातिहरूकाे बसाेबास भएकाे, डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल लगायतका राज्यकाे विभिन्न निकायमा विशिष्ट स्थान ओगट्न सफल व्यक्तित्वहरू, असल सामाजिक चालचलन, सामाजिक मूल्यमान्यताहरू आत्मसात गरिएकाे, एकआपसमा भातृत्व, भाइचारा र बन्धुत्वकाे भावना भएका मानिसहरू, सलेती बन्डमा अवस्थित पवित्र धार्मिक स्थल हुनैनाथ मन्दिर, कृषकहरूकाेलागि सहजै उपलब्ध हुने घाँस, दाउरा, अझ प्राचीन डिँगे राजाकाे काेट भएकाे, उकु, सलेती, ओजिगाड, मेलखेत, सेलीचामा, खुना, बसेडीमा सिचाइकाे प्रचुर सम्भावावना भएकाे यस गाउँपालिकामा अवस्थित मालिकार्जुन र हुनैनाथ स्वामीलाई काेटिकाेटी नमन गर्दछु ।

यस गाउँपालिकाकाे पूर्वमा शैल्शखर नगरपालिका र लेकम गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका, उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा महाकाली नदीले छुट्याएकाे छ । मालिकार्जुन गाउँपालिकामा वि. सं. २०७८ काे जनगणना अनुसार परिवार संख्या :- ३१७४, जनसंख्या १५६३५, पुरुषकाे संख्या ७५८१, महिलाकाे संख्या ८०५४, औषत ४.९३, साक्षरता ८८.८९ र समग्र दार्चुला जिल्लाकाे जनसंख्या १३३३१० रहेकाे छ । यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरू रहेका छन् । वडा नम्बर – १ र २ तत्कालीन भगवती गाविस, वडा नम्बर – ३ मालिकार्जुन मड, वडा नम्बर – ४ हुनैनाथ, वडा नम्बर – ५ डाँडाकाेट, वडा नम्बर – ६ उकु सलेती, वडा नम्बर – ७ जाैलजिबी र वडा नम्बर – ८ शंकरपुरमा विभाजित गरिएकाे छ ।
मालिकार्जुन गाउँपालिकालाई केन्द्रित गरेर यस पालिकाकाे संक्षिप्त परिचय लेखिए पनि यस पछिकाे लेखमा अन्य स्थानीय तहहरूकाे पनि संक्षिप्त परिचय लेख्ने प्रयास गरिने छ । म मालिकार्जुन गाउँपालिकाबासी भएकाे नाताले थाेरै पालिकाबासीहरूसँग साइनाे खाेट्याएर ढाेग अभिवादन नगर्दा गुरु पुराेहित, इष्टमित्र, नाता कुटुम्बका अग्रज तथा भ्राता बन्धुबान्धवहरू सभ्यता र संस्कार नभएकाे भाैनबाटी भन्न के बेर ! भन्ने संकाेचले लाेकाचारअनुसार प्रस्तुत हुनु मेराे कर्तव्य हुन जान्छ । सबै इष्टमित्र, नाताकुटुम्ब सबै सबैमा दर्जाअनुसारकाे ढाेग तथा नमस्कार टक्र्याउन चाहन्छु । पालिकाकाे आठवटै वडामा मेरा गुरुहरू, इष्टमित्र, नातागोता, कुलकुटुम्ब, विद्यालयतहमा पढ्दाका सहपाठी आदि पाउँदा म गदगद छु । वडा नम्बर – १,२ र ३ मा त इष्टमित्रहरू माकुराकाे जालाे झैं फैलिएकाे अनुभूति गरेकाे छु । मामाघर, फूपू, दिदीबहिनी घर, भाइ बिरादरकाे मामाघर, ससुराली घर, दिदीबहिनी, फूपू घर आदि पाउँदा कसकाे मन प्रफुल्ल नहाेला र ! तथापि नातावादकाे आराेप नलागाेस । किनकि सबैका नातागोता हुन्छन् ।
हंश राज भट्टका सन्तान औल्लेकी धामीहरू, अवस्थी, खत्री, ढाेली, लुहार, पार्की, टाटिक्याल धामीहरू वडा नम्बर – ४ हुनैनाथका बासिन्दा हुन । म पनि औल्लेकी भएकाेले कुलकुटुम्ब र अन्य जातिहरूसँगकाे सुमधुर सम्बन्धले थप हाैंसिएकाे छु । वडा नम्बर – ५ डाँडाकाेटमा जहाँ पाल, ओझा, अवस्थी, बाेहरा, मार्कण, गिरी, नाथ, पार्की, धामी आदि जातिका मानिसहरू बसाेबास गर्दछन् । सबैमा नमस्कार टक्य्राउन चाहन्छु । यहाँ मेरा गुरुपुराेहित, इष्टमित्र, मितेरी, विद्यालय जीवनका सहपाठीहरू बसाेबास गर्दछन् । वडा नम्बर – ६ उकु सलेती जहाँ औल्लेकी कुलकुटुम्ब, पाल, महरा, माैर, चन्द, लेखक, थापा, भाट, गुरुङ, पार्की, चन्द आदि जातिका मानिसहरू बसाेबास गर्दछन । वडा नम्बर – ७ जाैलजिबी, चाैकी जहाँ चन्द, पन्त, भट्ट, धामी, ओझा, कार्की, बाेहरा, महरा आदि जातिका मानिसहरू बसाेबास गर्दछन् । वडा नम्बर – ८ शंकरपुर भनिएपनि व्यापक क्षेत्रफल ओगटेको यस वडामा धामी, चन्द,पन्त, जाेशी, रावल, धानुक, मिश्र, कुँवर, कार्की, पार्की, ढाेली, खत्री, सामन्त, औतालेकी धामी आदि जातिका मानिसहरू बसाेबास गर्दछन् । सबै ठाउँमा सबैसँग नजिककाे नाता र सम्बन्धले गर्दा गदगद नै छु ।
माथि मैले इष्टमित्र, नाता, कुलकुटुम्बसँगकाे साइनाे जाेडेर ढाेग अविवादन गरेपनि याे मेराे पारिवारिक र सामाजिक संस्कारलाई पनि सँगसँगै जाेडन खाेजेकाे मात्र हाे ।
गाउँपालिकाकाे राजनीति :
स्थानीय तह गठनसँगै ५ वर्षे कार्यकाल निवर्तमान अध्यक्ष श्री नरेन्द्र सिंह धामीज्यूले विताए । उहाँकाे कार्यशैली, याेगदान, जनतासँगकाे हातेमालाे, सकारात्मक साेच आदिकाे उचित सम्मान सहित कदरयाेग्य छ । वर्तमान अध्यक्ष श्री हिरा सिंह धामीज्यूकाे शिक्षा, स्वास्थ्य, राेजागारी, सडक, बाटाेघाटाेकाेलागि भइरहेकाे प्रयासकाे पनि व्यक्तिगतरुपमा कदर गर्दछु । तर राजनीति भनेकाे सेवा नभएर पेवा सम्झनेलाई जनताकाे झापडले सिद्द गरिसकेको छ । अहिले जनताहरूपनि शिक्षित र सचेत भइसकेका छन् । राजनीतिलाई सेवा सम्झने नेता र पेवा सम्झने नेतालाई जनतालेपनि राम्राेसँग चिनेका छन् । विकास निरन्तर चलिरहने प्रक्रिया भएकाेले निर्वाचित जनप्रतिनिधिले मैले विकास गरे, सडक, वत्ती, स्वास्थ्य, बाटाेघाटाे बनाए भन्नुकाे कुनै औचित्य देखिदैन । अहिले जनताले नवीन साेच, नि:स्वार्थ, शिक्षित, संस्कारी, सामाजिक तथा सहयाेगी भावना भएकाे, भ्रष्टाचार लगायतका कृयाकलापमा आराेपित नभएकाे, सामाजिक दाग नलागेकाे नेताकाे खाेजी गरिरहेका छन् ।
यदि उक्त गुणहरूमा म पनि जनताकाे उचित मूल्याङ्कन भित्र पर्याे भने आउँदाे २०८४ काे चुनावमा राजनीतिलाई सेवाकाे रुपमा हेर्ने मेराे पनि धाेकाे रहेकाे छ, यदि यहाँहरूले विश्वास गर्नु भयाे भने । किनकि म अज्ञात सहिद परिवारकाे सदस्य पनि हुँ । जुन मैले बेलाबेलामा प्रदेशी माेहन सिंह धामीकाे बारेमा लेख्ने पनि गरेकाे छु । हालै निज अज्ञात सहिदकाे नामबाट केही गरीब जेहेन्दार विद्यार्थीहरूले राहत पाउन सकून भन्ने ध्येयले श्री शंकरपुर माध्यमिक विद्यालय पस्तीमा थाेरै धनराशीकाे ‘माेहन स्मृति छात्रवृत्ति अक्षयकोष’ काे पनि स्थापना गरिएकाे छ । एकपटक सेवाकाे माैका यहाँहरूले दिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु । यहाँहरूकाे अमूल्य सुझाव तथा सल्लाहकाे प्रतिक्षामा रहने छु । तर राम्राेसँग पढेर मात्र प्रतिक्रिया दिनहुन अनुराेध गर्दछु । जय मालिकार्जुबासी ! जय मालिकार्जुन स्वामी ! जय हुनैनाथ स्वामी !!
धन्यवाद !
जय मालिकार्जुन !! जय हुनैनाथ !!!
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला





























