रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्र जोशीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन

Image
Nisarga Hospital

दार्चुलाको लेकम गाउँपालिका–५ चौपातामा सञ्चालित रेडियो लोकदर्पण ९४.६ मेगाहर्जको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ। मालिकार्जुन सामुदायिक संस्थामार्फत सञ्चालित यस रेडियोले सुदूरपश्चिमका दुर्गम क्षेत्रलाई केन्द्रमा राखी सूचना, शिक्षा, अनुसन्धानमूलक समाचार र मनोरञ्जन प्रदान गर्दै आएको छ।

CP Hospital Dhangadhi

वार्षिकोत्सव कार्यक्रम मालिकार्जुन सामुदायिक संस्थाका अध्यक्ष तथा रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी तथा विशिष्ट अतिथिहरू लटिनाथ मावि चौपाताका प्रधानाध्यापक केशवराज बिष्ट, उपाध्यक्ष माधवी जोशी, पूर्वअध्यक्ष परमानन्द जोशी, प्रवक्ता सुरेशसिंह थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न अतिथिहरूले रेडियोको प्रगतिका लागि शुभकामना व्यक्त गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाए।

२०७६ कात्तिक १२ गते परीक्षण प्रसारण थालेको रेडियोले २०७६ फागुन १ गतेदेखि नियमित प्रसारण सुरु गरेको हो। सूचना प्रवाह, सामाजिक रुपान्तरण, नागरिक अभिव्यक्ति स्वतन्त्रता, तथा सुशासन प्रवर्द्धनका लागि स्थापना गरिएको रेडियोले ग्रामिण भेगमा समाचार, सचेतना र सूचना पुर्याउँदै आएको छ।

रेडियोले वित्तीय संकट, कर्मचारी पारिश्रमिक भुक्तानी, इन्टरनेट तथा यातायात समस्या, चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण चुनौती सामना गरिरहेको स्टेशन म्यानेजर जोशीले जानकारी दिए। गत आर्थिक वर्षमा संस्थाको कुल आम्दानी २२ लाख ४३ हजार ६१४ रुपैयाँ रहे पनि व्ययभार ५४ लाख ३१ हजार ७१५ रुपैयाँ पुगेको हुँदा सञ्चालनमा कठिनाइ रहेको उनले बताए। उनले स्थानीय तह, प्रदेश तथा संघीय सरकार, संघसंस्था, विद्यालय तथा निजी क्षेत्रलाई सहयोगको लागि अनुरोध गरे।

संस्थाको छैटौँ साधारणसभाले लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा केशवदत्त जोशी, कोषाध्यक्षमा जानकारी देवी जोशी तथा सदस्यहरूमा अनिता जोशी, कमला रैखोला, रमेश प्रसाद जोशी, दीपक दमाई र केशवदत्त जोशी चयन भएका छन्। संस्थाले आगामी दिनमा रेडियोलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Dhnagadhi & Krishanapur