
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ कायम थियो, भने बुधबार घटेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा ३० रुपैयाँ सस्तो भएको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १ हजार ९४० रुपैयाँ कायम भएको छ।





















