अत्तरिया क्षेत्रका होटलमा अनैतिक क्रियाकलाप नियन्त्रण चुनौतीपूर्णः ७ महिनामा ६० जना पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया क्षेत्रमा होटलहरूको आडमा अनैतिक क्रियाकलाप बढ्दै गएको भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। केही होटल व्यवसायीहरूले होटल व्यवसायको आडमा अनैतिक गतिविधिहरू सञ्चालन गरिरहेको आरोप लागेको छ, जसले समग्र क्षेत्रको छवि धूमिल पार्ने खतरा बढाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले अनैतिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताए।  प्रहरीका अनुसार, पक्राउ परेकामध्ये धेरैजसो दोहोरिने प्रवृत्तिका छन्, जसले नियन्त्रण प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।

गत वर्ष चैत्र दोस्रो हप्तामा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रूपमा आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले आफ्नो परिचयात्मक कार्यक्रममा पनि यही विषय प्राथमिकताका साथ उठाइएको थियो।

अनैतिक गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गरेका डिएसपी थापाले होटलहरूमा कडाइ गर्दै आएका छन्। यौन धन्दा सञ्चालन हुने गरेको भन्दै एक टोलको नाम ‘बदनाम गल्ली’ समेत राखिएपछि गोदावरी होटल व्यवसायी संघले आपत्ति जनाउँदै टोलको नाम परिवर्तन गरी नयाँ बोर्ड टाँसेको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चालु आर्थिक वर्षको सात महिनामा अनैतिक क्रियाकलापमा संलग्न ६० जनालाई पक्राउ गरिएको छ, जसमा २५ जना महिला र ३५ जना पुरुष रहेका छन्। पक्राउ परेकाहरू दोहोरिने क्रम पनि उच्च रहेको डिएसपी थापाले जानकारी दिए।

यस क्षेत्रलाई बदनाम हुनबाट जोगाउन यस्ता गतिविधि नियन्त्रण गर्नु प्रहरीका लागि चुनौतीपूर्ण रहेको छ।

Advertize US