गोदावरी नगरपालिकाद्वारा ३ दिने निःशुल्क एकीकृत प्रजनन् स्वास्थ्य शिविर गर्दै, समय तालिका सहित

Nisarga Hospital

गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०८१ फागुन २६ देखि २८ गतेसम्म विभिन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

CP Hospital Dhangadhi

शिविरमा महिला तथा अन्य बिरामीहरूका लागि विभिन्न निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड सेवा समेत उपलब्ध हुनेछ।

उपलब्ध सेवाहरू:

nawajiwan

महिलामा पाठेघरको मुखको क्यान्सर (VIA) जाँच सेवा

आङ खस्ने समस्याको स्क्रिनिङ, व्यवस्थापन तथा प्रेषण सेवा

यौनजन्य संक्रमण (STI) को पहिचान, उपचार तथा प्रेषण सेवा

लामो समयका लागि प्रभावी परिवार नियोजन साधन (इम्प्लान्ट/आईयूसीडी) राख्ने तथा झिक्ने सेवा

गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड सेवा

Attariya Hospital

स्तन क्यान्सरको जाँच तथा परामर्श

फिस्टुलाको जाँच तथा परामर्श

शिविर सञ्चालन स्थान र मिति:

कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्र (गोदावरी १२): २०८१ फागुन २६ गते

बल्मि आधारभूत स्वास्थ्य सेवा केन्द्र (गोदावरी ९): २०८१ फागुन २७ गते

लालपुर आधारभूत स्वास्थ्य सेवा केन्द्र (गोदावरी ६): २०८१ फागुन २८ गते

सम्बन्धित सबैलाई स्वास्थ्य सेवा लिन अनुरोध गरिन्छ।