घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसमी विवरण, आजका लागि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

CP Hospital Dhangadhi

हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीका साथ मौसम मुख्यतः सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा समेत चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनसक्छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Advertize US