सिवाईसी स्पोर्ट्स लिगमा लामिताल विजेता,भल्का धाम उपविजेता

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा न्यू सिर्जनशील युवा क्लबको आयोजनामा सञ्चालित चौथो संस्करणको सिवाईसी स्पोर्ट्स लिग अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा सिवाईसी लामिताल टिमले उपाधि जित्न सफल भएको छ भने सिवाईसी भल्का धाम टिम उपविजेता बन्न पुगेको छ।

CP Hospital Dhangadhi

प्रतियोगितामा कुल आठ टिम सहभागी थिए। यस लिगले खेलकुद प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको विकास तथा युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखेको छ। खेलकुदप्रति युवाहरूको रुचि बढाउँदै उनीहरूलाई खेलमार्फत सशक्त बनाउने लिग आयोजक समितिको भनाइ छ।

Attariya Hospital

यसैबीच, आयोजकले लिगको अर्को चरण अन्तर्गत फुटबल प्रतियोगिता चैत २ गतेदेखि सुरु हुने जानकारी गराएको छ। भलिबल, क्रिकेट, फुटबललगायत खेलहरूलाई समेटेर युवाहरूलाई खेलकुदमैत्री वातावरण सिर्जना गर्न लिगले महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

nawajiwan