तेहेरो शतक बनाएका विकास खड्का जापान प्रिमियर लिग खेल्ने, कान्साई चार्जर्सबाट प्रतिनिधित्व

Image
Nisarga Hospital

अत्तरियाः  नेपाली युवा क्रिकेटर विकास खड्काले जापान प्रिमियर लिग (जेपिएल) खेल्ने भएका छन्। उनी कान्साई चार्जर्सबाट लिगमा सहभागी हुनेछन्।

CP Hospital Dhangadhi

साइतामा रोयल्स क्लबका खेलाडी खड्काले हालैको स्थानीय प्रतियोगितामा ३०९ रनको तेहेरो शतकीय पारी खेल्दै सनसनी मच्चाएका थिए। उनको निरन्तर मिहिनेत, समर्पण र उत्कृष्ट प्रदर्शनका कारण जेपिएलमा छनोट सम्भव भएको बताइएको छ।

Attariya Hospital

खड्काले अस्ट्रेलियन स्टार जोस ब्राउन र विल बोसिस्टोजस्ता अनुभवी खेलाडीसँग एउटै टोलीमा खेल्ने अवसर पाउने भएका छन्, जसले उनको करियरमा ठूलो अनुभव र अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने विश्वास गरिएको छ।

nawajiwan

साइतामा रोयल्स क्रिकेट क्लबले पनि उनको छनोटलाई महत्वपूर्ण उपलब्धि भन्दै बधाई दिएको छ। जेपिएलको पहिलो संस्करण आगामी मे ३ देखि सुरु हुने भएको छ।