
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रको मौसम प्रायः सफा रहनेछ।

आज दिउँसोको मौसम अवस्था:
- सुदूरपश्चिम, कर्णाली तथा देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली।
- बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम।
- देशका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना।
- उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना।


बिहान र रातिको मौसम पूर्वानुमान:
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना।
- उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने।
मौसम पूर्वानुमान महाशाखाले चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने बताउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।































