ज्योतिषिका अनुसार चैत महिनाको दोस्रो दिनमा यी ८ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् चैत्र महिनाको २ गते शनिबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०२ चैत्र २०८१ शनिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा प्रतिस्पर्धीहरू हार खानेछन्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। वित्तीय वा सहकारी संस्थाबाट लाभ प्राप्त गर्न सकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा आफन्तहरूको सहयोग नमिल्ला। बुद्धिको उपयोगले प्रतिष्ठित कार्य सम्पादन गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेमा मिठो बोलीले कार्य सिद्ध गर्न सकिएला। चासो लाग्ने कुरामा मन जानेछ। इष्टमित्रहरूबाट साथ सहयोग मिल्ला। आफन्तहरूसंग रमाइलो समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज हजुर ऊर्जावान रहनुहुनेछ। धार्मिक मठ मन्दिरमा यात्राका योग छन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। नोकरी वा पेशामा उपलब्धिले थप उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अपुर्ण कार्य पूरा गर्नमा सहकर्मीहरूको साथ मिल्नेछ। चिताएको काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

बृष

Attariya Hospital

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नसोचेको कार्य सम्पादन हुनाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सकारात्मक सोचले अगाडि बढ्नु सफलता मिल्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिला। भौतिक संसाधन जुटाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसम्मानमा वृद्धि हुनेछ विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गरेको योगदानको राम्रो प्रतिफल मिल्नेछ। मनमा उब्जेको कौतुहलबाट छुटकारा मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्ममा आस्था बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। दूरसञ्चार र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

हाम्रो पात्रो बाट

Advertize US