घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसमी विवरण, आजका लागि सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भूभागमा हिमपात

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदलीका साथ मौसम प्रायः सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

nawajiwan
Attariya Hospital

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीका साथ मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।