जनकपुरधाममा आज होली मनाइँदै

Image
Nisarga Hospital

मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ। तराई-मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्र शनिबार मनाउन लागिएको हो।

CP Hospital Dhangadhi

सामान्यतय तराई-मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन होली मनाउने परम्परा छ। तर जनकपुरधाममा १६ दिनसम्म चल्ने अन्तरगृह परिक्रमाका कारण शनिबार होली मनाउन लागिएको हो। अन्तरगृह परिक्रमा औँसीमा शुरु भई १६औँ दिन अर्थात् प्रतिपदामा सकिने भएकाले त्यसको भोलिपल्ट द्वितीयामा होली मनाइन्छ।

Attariya Hospital

पौराणिक कथाअनुसार दुष्ट प्रवृत्तिकी होलिकाको अन्त्य भएको खुशीयालीमा होली मनाउने गरिएको हो। तराई-मधेश क्षेत्रमा होलिकाको प्रतीक पुतला दहन गरेपछि होली मनाउने परम्परा छ।

nawajiwan