बिरुवा संरक्षणका लागि राखिएका ५८ ट्रि गार्ड उखेले

Image
Nisarga Hospital

धनगढी ः बिरुवा संरक्षणका लागि राखिएका ५८ ट्रि गार्ड उखेलेको छ । कैलालीको धनगढी उप(महानगरपालिकामा बिरुवा संरक्षणका लागि राखिएका ५८ ट्रि गार्ड उखेलेर रोडमा फालिएका छन् । धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत धनगढीको ढुंगे बजारदेखि वडा नम्बर ११ को कार्यालयसम्मको खण्डमा राखिएका ट्रि गार्ड उखेलेर फालिएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

उपमहानगरपालिकाका अनुसार हुर्किरहेका बिरुवा भाग्ने गरी ट्रि गार्ड फालिएको छ । ’ट्रि गार्ड फालेको सूचना पाएपछि हाम्रो टिम उक्त क्षेत्रमा पुगेको थियो,’ केही ट्रि गार्डलाई उखेलेर केही परसम्म फालिएको छ भने केही त्यत्तिकै ढलाइएको मात्रै छ । मदिरा सेवन गरेका उश्रृङखल समूहले त्यस्तो गरेको हुनसक्छ ।’
धनगढीका मेयर गोपाल हमालको सचिवालयले ट्रि गार्डहरू फाल्ने व्यक्तिबारे कुनै जानकारी भए खबर गर्न आग्रह गरेको छ । आफ्नो घर अगाडि भएका बोटबिरुवाको संरक्षण एवं हेरचार गरिदिन पनि मेयर हमालको सचिवालयले आग्रह गरेको छ ।

nawajiwan