कैलालीको ऐश्वर्य क्याम्पसमा फर्जी भोट हाल्न बुथमा पुगेका विद्यार्थी पक्राउ

Image
Nisarga Hospital

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जना पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भोजराज भट्ट रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।

उनका अनुसार उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ । फर्जी मत हाल्न मतदान केन्द्रमा पुगे पनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।

nawajiwan
Attariya Hospital

उनी पक्राउ परेपछि एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाधली गरेको आरोप लगाएको छ ।

निर्वाचन केन्द्रमा खटिएका नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवार जिताउन फर्जी मतदान गराउन भूमिका खेलेको भन्दै छानबिनको माग गरिएको छ ।

Advertize US