
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।

दिउँसोको मौसम पूर्वानुमान:
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने।
- अन्य भूभागमा आंशिक बदलीदेखि मुख्यतः सफा रहने।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना।
- उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना।


रातिको मौसम पूर्वानुमान:
- गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने।
मौसमको यो प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।





























