जानकी बनिन देशकै पहिलो दलित महिला स्ववियुको अध्यक्ष

Image
Nisarga Hospital

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर-८ स्थित स्थित शंकरपुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट जानकी टमटा अध्यक्ष पदमा निर्वाचित भएकी छिन । जानकीले दलित समुदाय बाट स्बवियुको अध्यक्षमा निर्वाचित भएर देशकै पहिलो दलित महिला स्बवियु अध्यक्ष बनेर इतिहास रचेकी छिन ।

CP Hospital Dhangadhi

मालिकार्जुन गाउँपालिका वडा नम्बर-८ कै स्थानीय बासिन्दा समेत रहेकी जानकी सानै देखि राजनीतिमा चासो राख्ने गरेको उनकी आमा मानमती टमटाले बताएकी छिन। उनकी आमा मानमती गत २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएर काम गरेकी महिला समेत हुन। आमाको प्रेरणाको कारण आज आफु विद्यार्थी राजनीति बाट स्ववियुको अध्यक्ष पदमा निर्वाचित भएको जानकीले बताएकी छिन ।

स्नातक तह दोस्रो बर्षमा अध्ययनरत जानकी समाजमा निडर भएर आफ्ना बिचारहहरू प्रवाह गर्ने र विकृति बिसङ्गती बिरूद्द बोली हाल्ने उनको बानीले उनि नेतृत्वमा पुगेकी छिन।

nawajiwan
Attariya Hospital

माओवादी आन्दोलनले पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासका लागि काम गर्दै राज्यका हरेक तहमा ती वर्ग समुदायका मानिसहरूको प्रतिनिधित्वका लागि नेतृत्व गर्दै जनयुद्ध र संविधानसभा मार्फत काम गरेकोले आफु माओवादी विचारधाराको आन्दोलनमा आफु सहभागी रहेको जानकीले बताएकी छिन ।

आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्याहरूको समाधानको लागि पहल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने तर्फ लागि पर्ने जानकीले बताएकी छिन ।

Advertize US