प्रत्येक पालिकामा आपतकालीन गोदामघर व्यवस्थापन गरिने

Image
Nisarga Hospital

गृह मन्त्रालयले विपद प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालीन गोदामहरूको व्यवस्थापन गर्न पहल अघि बढाएको छ ।

CP Hospital Dhangadhi

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्सांकन, सुरक्षित बासस्थान निर्माण, पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुर्नस्थापनाका कार्यहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिहरूले समन्वायत्मक रूपमा कार्य गर्ने निर्णय समेत भएको छ ।

बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रादेशिक आपतकालीन गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले प्रदेश सरकारलाई गोदामघरहरू हस्तान्तरण गरिसकेका छौं,’ उनले भने, ‘अरू प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिकास्तरसम्म गोदामहरू सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।’

nawajiwan
Attariya Hospital

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । त्यस्तै पछिल्लो समय बढ्दै गएको लागू औषध दुव्र्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराध लगायतका सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाउने भएको हो ।

प्रहरी समायोजनको कार्यलाई निष्कर्ष पुर्याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारीको कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसंग समन्वय अगाडी बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ । ‘देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रूपमा देखिएका सुरक्षा चुनौतीहरूको विश्लेषण तथा समिक्षा गरिएको छ,’ प्रवक्ता तिवारीले भने, ‘बैठकमा भएका निर्णय र प्राप्त सुझाव सहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषद्मा पठाइनेछ ।’