
पारस भट्ट – दैलेखको भैरबी गाउँपालिका ५ का चन्द्र प्रसाद रिजाल विगत आठ वर्षदेखि ह्विलचेयरको साहारामा जीवनयापन गर्दै आएका छन्। भारतमा मजदुरी गर्न जाँदै गर्दा गाडी दुर्घटनामा परेर उनको ढाड भाँचिएपछि कमरमुनिको भागले काम गर्न छोडेको छ।

अहिले उनको ह्विलचेयरसमेत बिग्रिएको छ, श्रीमती रोजगारका लागि भारत गएकी छन्, र घरमा बुढी आमाले स्याहार गर्दै आउनुभएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले नयाँ ह्विलचेयर किन्न नसक्ने अवस्थामा छन्। नया ह्विलचेयर किन्न ५० – ५५ हजार लाग्छ चन्द्र प्रसाद भन्छन्, “एकदिनको खाजा खर्च बचाएर सहयोग गरिदिनुहोस्, म फेरि ह्विलचेयरमा बस्न सकूँ, श्रीमतीलाई पनि घर फर्काउन सकूँ!”

सहयोग गर्न सकिने बैंक खाता विवरण:

नाम: चन्द्र प्रसाद रिजाल
बैंक: कुमारी बैंक लिमिटेड
खाता नम्बर: 0910319068600001
सम्पर्क: 9849313601





























