धनगढी एफसीले गृहनगरका समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्ने

Image
Nisarga Hospital

धनगढी : एनसेल नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले गृह नगरमा आफ्नो समर्थका लागि फ्यान पार्कको व्यवस्था गर्ने भएको छ । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबार शुरु हुदैंछ । धनगढीले चैत्र १९ गते मंगलबार बुटवल लुम्बिनीसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ ।

CP Hospital Dhangadhi

गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढी स्थित पार्क मोडमा गएर ठुलो स्क्रिनमा आफ्नो टोलीको खेल हेर्न पाउने भएको छ । धनगढी एफसीले धनगढी उपमहानगरपालिकासँग मिलेर पार्क मोडमा फ्यान पार्क निर्माण गर्न लागेको हो । धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा फ्यान पार्कको व्यवस्था गर्न लागिएको धनगढी एफसीका सुवास शाहीले बताए । उनका अनुसार फ्यान पार्कमा म्युजिक कार्यक्रम, फुड स्टल र फ्यान कन्टेस्ट पनि राखिने छ ।

‘धनगढी एफसीका घरेलु समर्थकहरुले आफ्नो टोलीको सम्पूर्ण खेल फ्यान पार्कमा गएर हेर्न सक्नु हुनेछ । यसले भोलीको दिनमा एनएसएल होम एन्ड अवे प्रणालीमा गएको खण्डमा हाम्रो आफ्नो समर्थकको आफ्नो टोलीको खेल हेर्न गृहनगरमा तयार भइसक्ने छन्,’ शाहीले भने, ‘सुदुरपश्चिम भरी हामी यो माहोल तयार पार्दै जानेछौं । धनगढी एफसी फ्यान कल्चर निर्माण गर्न प्रतिवद्ध छ ।’

nawajiwan
Attariya Hospital

देवेन्द्र तामाङ कप्तान र कीर्तिसरत्न छुन्जु मार्की खेलाडी रहेको धनगढीले मंगलबार ६ बजे बुटवल लुम्बिनीसँग खेल्ने छ । अशोक खबास, अमृत श्रेष्ठ, प्रशान्त लक्सम लिम्बु, जर्जप्रिन्स कार्कीलगायतका धनगढीका खेलाडीले आफ्नो समर्थको मन जित्ने विश्वास हामीले लिएका छौं । धनगढी एफसी पहिलो दुई संस्करणको एनएसएलको उपविजेता टोली हो ।

धनगढी एफसी पछिल्लो संस्करणको फाइनलमा पुग्दाका स्ट्राइकरद्वय अफिज ओलावाले (नाइजेरिया) र अहमद हिजाजी (लेबनन) टोलीमा यथावत रहेका छन् । यस सिजनका लागि धनगढी एफसीले स्पेनिस गोलरक्षक वालिड इसाफी र रक्षक जर्ज काइसेडो, मोरक्कोका डिफेन्सिभ मिडफिल्ड मोहम्मद इल जाउएनी र ब्राजिली विङगर सर्जियो बार्बोजालाई टोलीमा समावेश गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा स्पेनिस हुँवा म्यानुएल मार्टिनेज रहेका छन् ।