
नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत चैत ६ गते सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मा कारोबार भएको थियो। आज भने यो मूल्य बढेर १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा २०० रुपैयाँ बढी हो।
यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदी प्रतितोला २,०४० रुपैयाँ मा कारोबार भइरहेको छ, जुन बिहीबारको मूल्य २,०२० रुपैयाँ भन्दा २० रुपैयाँ बढी हो।


अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,०७५ अमेरिकी डलर मा कारोबार भइर
हेको छ।































